क्रिकेटर सन्दीप लामिछानेलाई अदालत उपस्थित गराइँदै

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

आज क्रिकेटर सन्दीप लामिछानेलाई अदालत उपस्थित गराइँदै छ । आज उनीविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गर्ने तयारी रहेको छ । सन्दीपलाई १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।

काठमाडौंको गौशालास्थित एक होटेलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसवेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए । 
 

सुझावित समाचार