दक्षिण कोरिया भागदौड : मृतकमध्ये ५० जनालाई हृदयाघात भएको आशंका

आइतबार, १३ कार्तिक, २०७९
डिजिटल संस्करण

दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएकामध्ये करिब ५० जनालाई हृदयाघात भएको आशंका गरिएको छ।

स्थानीय प्रसारक वाइटिएनका अनुसार सियोलको रात्रिकालीन पर्यटकीय गन्तव्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो संख्यामा भिड जम्मा भएको समयमा भागदौड मच्चिएको थियो।

योनहाप समाचार संस्थाका अनुसार स्थानीय समयअनुसार राति ११ः३० बजे हेलोविन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनालाई हृदयाघात भएको थियो।

श्वासप्रश्वासमा समस्या भएका ८१ जनालाई उद्धार गरिएको अग्नि नियन्त्रक अधिकारीले सरकारलाई दिएको एक रिपोर्टमा उल्लेख गरिएको छ। उद्धारकर्मीलाई ‘कार्डियोपल्मोनरी’ उपचारका लागि तत्काल घटनास्थलमा पठाइएको सञ्चारमाध्यमहरूले बताएका छन्। रासस

सुझावित समाचार