सडक दुर्घटना कम गर्न यी कुरामा ध्यान दिनुस्

आइतबार, १३ कार्तिक, २०७९
डिजिटल संस्करण

पछिल्लो समय सडक दुघर्टना बढ्दै गएको छ । दुर्घटना कम गर्न पैदलयात्री, सार्वजनिक सवारी प्रयोगकर्ता, निजी तथा सार्वजनिक सवारीचालकलगायत सबै अनुशासित हुन जरुरी छ । सडक प्रयोग गर्दा आफ्नो सुरक्षाको जिम्मेवारी आफैँले वहन गर्नुपर्छ र अरूलाई हानि नहोस् भन्नेतर्फ पनि सजग हुन जरुरी छ । 

नियम पालना गरौँ 
- ट्राफिक लाइटको नियम पूर्ण रूपमा पालना गर्ने । हरियो, रातो, पहेँलो बत्तीमा ध्यान दिने । 
- पैदलयात्रीले ‘ओभरहेड ब्रिज’को अनिवार्य प्रयोग गर्ने ।
- सधैँ फुटपाथबाट मात्रै हिँड्ने, जथाभावी नहिँड्ने । 
- यदि सडकमा फुटपाथ छैन भने सधैँ दायाँ साइडबाट मात्रै हिँड्ने गर्नुपर्छ । यसो गर्दा विपरीत दिशाबाट आइरहेको सवारीसाधन प्रत्यक्ष रूपमा देखिन्छ र दुर्घटनाको जोखिम कम हुन्छ । 
- लेन अनुशासन पालना गर्ने ।
- जेब्राक्रसको प्रयोग गर्ने । 

चालकले ध्यान दिनुपर्ने 
- गाडीको कन्डिसन चेक गरेर मात्रै सवारी हाँक्ने । कन्डिसनमा नरहेको गाडीले जुनसुकै वेला धोका दिन सक्छ र दुर्घटना पनि निम्त्याउन सक्छ । 
- मद्यपान गरेर सवारीसाधान नचलाउने ।  
- मोटरसाइकलपछाडि बस्ने यात्रीले पनि हेलमेट अनिवार्य प्रयोग गर्ने । 
- सवारीसाधनलाई तीव्र गतिमा नचलाउने ।
- लामो दूरीमा सवारीसाधन चलाउँदा चालक थकित हुन्छन् । त्यस्तो अवस्थामा हरेक दुई–दुई घन्टामा ब्रेक लिने । जसले तपाईंलाई फ्रेस बनाउँछ ।

सुझावित समाचार