श्रद्धा र निष्ठापूर्वक गरिने छठ पूजाको तयारी तराई–मधेससँगै राजधानीमा पनि गरिएको छ। पोखरी तथा घाटलाई सिँगारेर पूजाको तयारी गरिएको हो।
यही क्रममा राजधानीको गौरीघाटमा छठपूजाको तयारी पूरा गरिएको छ। कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ। यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ। हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ।
पहिलो दिन सूर्य देवतालाई अर्घ्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ्य’ भनिन्छ। साँझका समयमा सूर्य देवतालाई प्रसादका रूपमा दिइने अर्घ्य नै पुनःबिहानको समयमा अर्थात् ‘भोरका अर्घ्य’ मा दिइने परम्परा छ।
गौरीघाटमा छठपूजाको तयारी




