सवारी दुर्घटनामा कैलालीमा एक युवकको मृत्यु

बिहिबार, १० कार्तिक, २०७९
डिजिटल संस्करण

सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका शेरबहादुर पुन मगरको मृत्यु भएको छ। 

उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका वडा ३ को कुचेनीमा आज पश्चिमबाट पूर्व जाँदै गरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०१—००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक पुन मगर गम्भीर घाइते भएका थिए। 

ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ।

See More On

सुझावित समाचार