दीपावली गर्दा करेन्ट लागेर दुई युवकको ज्यान गयो

मंगलबार, ८ कार्तिक, २०७९
डिजिटल संस्करण

करेन्ट लागेर जनकपुरधाममा दुई युवकको ज्यान गएको छ ।  दीपावलीका लागि घरमा बिजुली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका– ९ बेल्हीका १४ वर्षीय शिवराज यादव र जनकपुरधाम– २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी दीपक क्षेत्रीले जानकारी दिए । 

प्रवक्ता क्षेत्रीका अनुसार मिश्रको सोमबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।  आइतबार नै करेन्ट लागेर गम्भीर घाइते भएका यादवको सोमबार दिउँसो जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
दुवै शव पोस्टमार्टमपश्चात् परिवारजनको जिम्मा लगाइएको डिएसपी क्षेत्रीले जानकारी दिए ।

सुझावित समाचार