डेम्बेले चम्किँदा बार्सिलोनाको फराकिलो जित

सोमबार, ७ कार्तिक, २०७९
डिजिटल संस्करण

ओसमन डेम्बेले चम्किएको खेलमा स्पेनी ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले एथलेटिको बिलबाओविरुद्ध ४–० को जित हात पारेको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डाेस्की, ओसमन डेम्बेले, सर्बियो रोबर्टो र फेरान टोरेसले १–१ गोल गरे । यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी पनि तीन अंकमा छोट्याएको छ । 

See More On

सुझावित समाचार