धेरैपछि दोहोरो अंकले बढ्यो नेप्से

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ।आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ।

यस दिन होटेल तथा पर्यटन र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर बढेकोमा बिमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले बढेको छ।

दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता सेयर ५१ करोड ६८ लाख रुपैयाँबराबरको  कारोबार भएको छ।  सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

आज रुरु जलविद्युत् आयोजना र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढे पनि सिटिजन म्युचुअल फन्ड टु को सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ।   

सुझावित समाचार