नेकपा एमालेका तर्फबाट काठमाडौं ६ का प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले मेरो हार–जित ठूलो कुरा नभएको बताएका छन्।
काठमाडौं ६ प्रदेश (ख) ले आयोजना गरेको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन्। खनालले गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको आरोप लगाए।
खनालका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले यस क्षेत्रमा सर्वेन्द्र खनाललाई उठाएर एमालेले अराजनीतिक निर्णय गरेकाे टिप्पणी गरेका थिए।