नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता पूर्ण कार्यान्वयनका लागि सत्तागठबन्धनको जित आवश्यक रहेको बताएका छन्। कांग्रेस काठमाडौं महानगर ३१ नम्बर वडा कार्यसमितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नेता सिंहले तीनै तहको सरकारलाई अधिकार सम्पन्न गरेर संघीयताको महसुस हुने गरी काम गर्न गर्न बाँकी रहेकाले यसका लागि म्यान्डेट दिन मतदातासँग आग्रह गरे। ‘संघीयता र केन्द्रीकृत व्यवस्थाको फरक के हो भन्ने महसुस हुने गरी संघीय सरकारले प्रान्त र स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिलाउनका लागि कानुन नबनेकाले पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छैन। त्यसका लागि हामीलाई म्यान्डेट आवश्यक पर्छ,’ सिंहले भने।
साथै, उनले धोबीखोलाको अवस्था सुधारको योजनाको काम आफ्नै पहलमा अगाडि बढिरहेको बताए। बागमतीमा १२ महिना सफा पानी बगाउने योजनालाई समेत मूर्त रूप दिने उनको भनाइ थियो।