आगामी निर्वाचनमा मतपत्रको पृष्ठभूमि सेतो रङकाे हुने

शनिबार, ५ कार्तिक, २०७९
डिजिटल संस्करण

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो हुने भएकाे छ।समानुपातिक र पहिलो हुने निर्वाचित हुने प्रणाली दुवैतर्फ मतपत्रको पृष्ठभूमि सेतो रङकाे हुने निर्वाचन आयोगले जनाएको छ।

आयाेगका अनुसार समानुपातिकतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ तथा प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचनचिह्न र अन्य विवरणको रङ रातो मसीको रहेकाे छ।

आयोगले शुक्रबारसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ। आयोगका अनुसार तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी हुनेछ। बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुनेछ।

पछिल्लो विवरणअनुसार हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सकिएको छ। जसमध्ये प्रदेश सभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधिसभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेका छन्।

सुझावित समाचार