नेपालमा वायोमास इनर्जीको उत्पादनमा व्यापारीकरण, जोखिम बढ्दै

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपालमा वायोमास इनर्जीको उत्पादन र यसको प्रयोग आवश्यकता भन्दा बढी बढ्दै गएको पाइएको छ। परम्परागत रुपमा उपयोगगरी रहेको वायो इनर्जीमा पछिल्लो समय व्यापारीकरण हुन थालेपछि निकट भविष्यमा जोखिम निम्तिने राष्ट्रिय जनवकालत मञ्च (नाफान)ले ग्लोबल फरेष्ट कोलिसन र इन्भ्यारोमेन्टल पेपर नेटवर्कको सहकार्यमा गरेको अध्यनले देखाएको हो। 

मञ्चले गरेको अध्ययन अनुसार नेपालमा हाल करिब १० वायोमास इनर्जी कम्पनीहरुले वनस्रोतमा आधारित उर्जा (वायो, बिक्रेट र पेलेट आदि) उत्पादनगरी बजारीकरण गरिरहेका छन्। कतिपयले औद्योगिकस्तरमै पेलेट उत्पादनगरी वायोमास संकलनगरी उत्पादन सुरु गरेको हुँदा वनको वायोमास संकलन कार्य दिगो नहुने र यसको कारण वन विनास हुन सक्ने राष्ट्रिय जनवकालत मञ्च (नाफान)का पूर्वअध्यक्ष भोला भट्टराईले जानकारी दिए। 

उनले भने,‘नेपालको  ग्रामिण क्षेत्रमा अझै ७७ प्रतिशत इन्धनको रुपमा दाउरा, गुइँठा लगायत कृषि क्षेत्रबाट फालिएका बस्तुहरु बाल्ने भएकाले भोलि यो अवस्था घटेर जाने र वायोमास उत्पादन नहुने जोखिम बढ्छ।’

सुझावित समाचार