चन्द्रनगरमा वडास्तरमै सामाजिक सुरक्षा भत्ता वितरण

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडास्तरमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ। बिहीबार वडा नम्बर ४ पोखरीयाबाट  एनआइसी एसिया बयलबास ब्रान्चले ज्येष्ठ नागरिक, विधवा, दलित ज्येष्ठ नागरिक तथा अशक्त र पूर्ण अपांगलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिएको एनआइसी एसिया बयलबास ब्रान्चका म्यानेजर मनीषप्रताप साहले जानकारी दिए।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रतिबद्धता गरेअनुरूप वडा-वडामा नै भत्ता दिन सुरु गरिएको हो। चन्द्रनगर गाउँपालिका पञ्जीकरण शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष महतोको अध्यक्षतामा वडास्तरमा सामाजिक सुरक्षा भत्ता प्रदान शुभारम्भ समारोहको उद्घाटन  गाउँपालिका अध्यक्ष महतोले  गरे। 
 

सुझावित समाचार