सानिमा बैंकले पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल (पिसिएएफ)सँग साझेदारी गरेको छ । बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखांकन गर्नेमा साझेदारी गर्ने भएको हो ।
पिसिएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरूले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रूपमा लेखांकन, मूल्यांकन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरूको सहकार्य हो । यसमा विश्वभर ६ वटा महादेशका तीन सयभन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भइसकेको बैंकले जनाएको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया प्रशान्तमा पनि तीव्र रूपमा विस्तार भइरहेको जनाइएको छ ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरूबाट उत्सर्जन हुने हरितगृह ग्यासको वैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पु¥याउने बताए । हाल बैंकले देशका सातै प्रदेशमा एक सय २९ कार्यालय तथा एक सय २२ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।