कौसीमा कस्ता बिरुवा रोप्ने ?

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

कौसीमा विशेष गरी छोटो समयमै फल्ने फलफूल तथा तरकारी रोप्दा उपयुक्त हुन्छ । रायोको साग, गाँजर, मुला, काउली, बन्दा लौका, खुर्सानी, फर्सी, सिमी, घिरौला, धनियाँ, मेथी, चना, पालुङ, लसुन रोप्दा राम्रो हुन्छ । कौसीमा गोलभेँडा, बन्दालगायत तरकारी पनि फलाउन सकिन्छ । यसले दैनिक रूपमा तरकारी तथा फलफूल किन्ने पैसा बचत हुन्छ । 

बिरुवा रोपेर मात्रै हुँदैन, यसलाई हेरचाह पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कौसीमै राख्दा तापक्रम एकदमै धेरै हुन्छ । तापक्रम धेरै भयो भने बिरुवालाई पनि असर गर्छ । त्यसका लागि स्ट्यान्ड बनाएर राख्नुपर्छ । स्ट्यान्डमाथि सकेसम्म टनेल पनि बनाउँदा राम्रो हुन्छ ।

तापक्रम ब्यालेन्सका लागि बजारमा ‘वाटर पु्रफ’ प्लास्टिक पनि पाइन्छ । धेरै पानी र धेरै घाम पनि नहोस् भनेर प्लास्टिक प्रयोग गरिन्छ । गर्मी र जाडोमा यसले इन्सुलेसनको रूपमा काम गर्छ । तपाईं आफ्नो घरमा ताजा, स्वच्छ हावा प्राप्त गर्न सक्नुहुन्छ र हरियो र ताजा तरकारीको मज्जा पनि लिन सक्नुहुन्छ । 

See More On

सुझावित समाचार