तिहारका लागि असर्फी बिक्री सुरु [फाेटाेफिचर]

बिहिबार, ३ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै असर्फी बिक्री सुरु गरेको छ। बबरमहलस्थित टक्सार महाशाखाबाट राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्री सुरु गरेको हो।

२.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार सात सय २६ रुपैयाँ, पाँच ग्राम असर्फीको मूल्य ४१ हजार चार सय ५१ रुपैयाँ र १० ग्राम असर्फीको मूल्य ८२ हजार नाै सय दुई रुपैयाँ तोकिएको छ।

त्यसैगरी, नाै सय टचको सार्क सिक्का १५ ग्रामको एक लाख १२ हजार ३० रुपैयाँ तथा ३० ग्रामको दुई लाख २४ हजार ६० रुपैयाँ तोकिएको महाशाखाले जनाएको छ।

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका

सुझावित समाचार