असोज अन्तिमतिर अविरल वर्षासँगै आएको बाढी र पहिरोले हुम्लाका सातै पालिकामा नोक्सान गर्यो । धेरै धनजनको क्षति भयो । यस्तो विपत् जोखिमबाट नागरिकलाई सचेत गराउन जिल्लाका सुरक्षाकर्मीले विपत् जोखिम प्रतिकार्य अभ्यास गरेका छन् ।
विपत् प्रतिकार्य अभ्यासमा सहभागी भएकी हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले नागरिकलाई सचेत गराउन यो अभ्यास गरिएको बताइन् ।सुरक्षाकर्मीहरूले आफ्नो ज्यानलाई जोखिममा राखेर पनि नागरिकको सुरक्षाको लागि खटिनुपर्ने भएकाले यस्ताे अभ्यास गरिएको प्रजिअ परियारकाे भनाइ छ ।

