पुटिनको दाबी : रुसले कब्जा गरेको युक्रेनी भू-भागमा सैनिक शासन लागू

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्सल ल’ लागू गरेको घोषणा गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्सल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको दाबी गरेका हुन्।

पुटिनको सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ। मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका वेला पुटिनको यो घोषणा आएको हो। 

७० वर्षीय एक रुसी नेताले भने, 'किभ सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको छ, वार्ताका लागि कुनै पनि प्रस्ताव अस्वीकार गरेको छ, गोली चलिरहेको छ, नागरिकको मृत्यु भइरहेको छ।' 

सुझावित समाचार