नेपाल प्रहरीमा जनपदतर्फ रिक्त रहेको प्रहरी जवान पदको नतिजा प्रकाशित भएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी जवानको अन्तिम नजिता आज प्रकाशन गरेको हो।
परीक्षामा यसपटक एकैपटक दुई हजार चार सय ७४ जना उत्तीर्ण भएका छन्। प्रहरी प्रधान कार्यालयले उत्तीर्ण भएकाहरूलाई ६ कात्तिकमा सम्बन्धित परीक्षा केन्द्रहरूमा उपस्थित हुन सूचित गरेको छ।