देशका अधिकांश भूभागमा मौसम सफा

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

हाल पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो  देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  स्थानहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

 देशको पहाडी भूभागको थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । 

See More On

सुझावित समाचार