छेडेदह फुटबल कप : कन्सन बाजुरा चौथोपटक च्याम्पियन

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह स्पोर्टस् क्लबले आयोजना गरेको चौथो संस्करणको छेडेदह फुटबल कपको उपाधि यसपटकको पनि कन्सन बाजुराले  हात पारेकाे छ।

छेडेदह स्पोर्टस् क्लब बाजुराको आयोजनामा यही असोज २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा रानीवन स्पोर्टस् क्लबलाई ३, २ को अन्तरले पराजित गर्दै यस वर्षको उपाधि जितेकाे हो।

चौथो छेडेदह कपको विजेता बनेको कन्सन बाजुराले २ लाख ३३ हजार ३ सय ३३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। कपको उपविजेता रानीवनले १ लाख २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको आयोजक समितिले जनाएको छ। 

बडादसैँ तथा शुभ दीपावलीको अवसरमा छेडेदह स्पोर्टस् क्लबले ४ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ। कन्सन बाजुराले यो वर्षको कप जितेसँगै लगातार चौथोपटक खेलको विजेता बनेको हो। 

See More On

सुझावित समाचार