जुम्लाका स्वतन्त्र उम्मेदवार डा. रोकायाको उम्मेदवारी फिर्ता

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका डा. कलबहादुर रोकायाले उम्मेदवार फिर्ता लिएका छन्। पार्टीभित्रको त्याग तपस्या, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बारम्बार आग्रह र पार्टी प्रदेश कमिटीको उम्मेदवारी फिर्ता लिन लिखत पत्राचार भएकोले उम्मेदवारी फिर्ता लिनुपर्ने भएको डा. रोकायाले बताए। 

उनले भने, ‘अन्य जिम्मेवारीमा पार्टीले उचित मूल्यांकन गर्ने निर्णय गरेकोले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको हुँ।’ 

स्वतन्त्र उम्मेदवारी फिर्ता लिएसँगै गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार गोमा कुँवर, प्रदेश (क) का उम्मेदवार ललितजंग शाही र प्रदेश (ख) उम्मेदवार पदमबहादुर रोकायासहित समानुपातिकलाई पनि समर्थन गर्ने निर्णय लिएको उनले बताए। 
 

सुझावित समाचार