‘जीवनभर कांग्रेसमा गरेको त्यागले \'बागी\' भइरहन सकिनँ’

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

कांग्रेसका नेता तथा चितवन- १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो बागी उम्मेदवारी निष्क्रिय पारेकाे घोषणा गरेका छन्। 

उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा जीवनभर गरेको त्याग, संघर्ष र मिहिनेतले स्वतन्त्र उम्मेदवार बनिरहन नसकेको बताएका छन्। 

कांग्रेसले चितवन- १ बाट योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई प्रतिनिधिसभाको टिकट दिएपछि बुर्लाकोटीले उनीविरुद्ध बागी उम्मेदवारी दिएका थिए। 

उनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘जीवनभर कांग्रेसमा गरेको त्याग, संघर्ष र मिहिनेतका कारण स्वतन्त्र उम्मेदवार बनिरहन सकिनँ। पार्टीले मलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकोले चितवन क्षेत्र नं. १ मा रहेको मेराे स्वतन्त्र उम्मेदवारी आजैका मितिदेखि निष्क्रिय पारेको छु।’

सुझावित समाचार