महत भन्छन्- जसपालाई कांग्रेसले धेरै उदारता देखायाे

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जनता समाजवादी पार्टी (जसपा) नेपालप्रति कांग्रेसले उदारता देखाएको बताएका छन्। 

सोमबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले जसपाप्रति उदारता देखाउँदादेखाउँदै पनि सरकारबाट बाहिरिएको बताएका हुन्। 

उनले एउटा परिस्थितिमा बनेको गठबन्धन सरकारले छोटो अवधिमा राजनीतिलाई एउटा अर्डरमा ल्याएको बताए। उनले भने, ‘जनताको चाहना पूरा गर्ने प्रयास भइरहेको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भयो। शेरबहादुर देउवाको नेतृत्वमा यी सबै काम सम्पन्न गरेको हो।’

आसन्न निर्वाचनमा योग्य नेतालाई पनि टिकट दिन नसकिएको बताउँदै उनले भने, ‘कतिपय साथीहरू योग्य हुँदाहुँदै पनि टिकट दिन सकिएन। गठबन्धनका कारण पनि त्यो भयो।’ 

निर्वाचन आयोगले तयार गरेको आचारसंहिता धेरै ‘रेस्टिक्टेडड’ भएको उनको तर्क थियो। ‘धेरै सीमा राखिएको छ। व्यावहारिक छैन। हामीले विगतमा गरेजसरी प्रचार गर्न सम्भव हुँद‌ैन, तर आचारसंहिताको सीमामा रहेर प्रचार गर्छौँ,’ उनले भने। 

सुझावित समाचार