आशिषले डनबस्कोबाट खेल्ने

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

नेपाली युवा मिडफिल्डर आशिष राईले भारतको केरेला प्रिमियर लिग खेल्ने भएका छन् । नेपाल यू–२० टोलीका सदस्य आशिषलाई केरेलाको डनबस्को फुटबल एकेडेमीले आगामी लिगका लागि अनुबन्ध गरेको हो ।

आशिषले अक्टोबरमा भएको यू–२० साफ च्याम्पियनसिप र गत महिना बहराइनमा भएको एएफसी यू–२० एसियन कप छनोटमा नेपालको प्रतिनिधित्व गर्दै खेलेका थिए । आशिष घरेलु लिगमा भने च्यासल युथ क्लबसँग आबद्ध छन् । हाल च्यासल दोस्रो डिभिजनमा घटुवा भएको छ ।

७८ साल माघ तेस्रो साता अफ्रिकन राष्ट्र मौरिसससँग नेपालले मैत्रीपूर्ण खेल खेल्दा आशिष टोलीमा समावेश थिए । गत वर्ष नेपाली यू–२३ टोलीका डिफेन्डर अभिषेक लिम्बूले पनि डनबस्कोबाट खेलेका थिए ।

यस्तै, महिला खेलाडी दीपा न्यौपानेले डनबस्कोबाट जारी केरेला प्रिमियर लिग खेलेकी थिइन् । नेपाल पुलिस क्लबकी दीपा असोज तेस्रो साता नेपाल फर्किसकेकी छिन् । 

सुझावित समाचार