पिपुल्स पावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । पिपिएल संकेतमा प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यको ६३ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको हो ।
पिपुल्स पावरकोे प्राथमिक सेयर निष्कासन कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत गरिएको थियो । जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात् ६ लाख ३२ हजार ६ सय कित्ता सेयर बिक्री गरिएको थियो । त्यस्तै, सामूहिक लगानी कोष तथा कर्मचारीसहित सर्वसाधारण लगानीकर्तालाई वितरण गरिएको ३९ प्रतिशत अर्थात् २४ लाख ६७ हजार चार सय कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ५१ प्रतिशत अर्थात् ३२ हजार २६ हजार कित्ता सेयरसमेत गरी जम्मा ६३ लाख २६ हजार कित्ता साधारण सेयर वितरण भई नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको छ ।
कम्पनीले रजिस्ट्रारसम्बन्धी कार्य गर्न सेयर रजिस्ट्रारका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरेको जनाएको छ । सेयर रजिस्ट्रारका रूपमा प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभांश तथा बोनस हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्कालगायत सेयरधनीको लगत अद्यावधिक गरिराख्ने कार्यहरू गर्ने जनाइएको छ ।