थ्रिजी तेस्रो पुस्ताको दूरसञ्चार प्रविधि हो । यो ‘टुजी’ (जिएसएम)को परिष्कृत तथा विकसित प्रविधि हो । खासगरी, थ्रिजीको प्रयोगबाट प्रत्यक्ष भिडियो कल गर्न, द्रुत गतिमा इन्टरनेट चलाउन, ठूलाठूला फाइल डाउनलोड तथा अपलोड गर्न सहज बनाउँछ । थ्रिजीको स्पिड कम्तीमा दुई मेगाबिट प्रतिसेकेन्ड हुन्छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनले सन् १९८० को दशकमा थ्रिजी प्रविधिको औपचारिक सार्वजनिक गरेको थियो । त्यस्तै, सबैभन्दा पहिला जापानको एनटिटी डोकोमो कम्पनीले १९९८ मा थ्रिजी सेवाको व्यावसायिक सुरुवात गरेको विकिपिडियामा उल्लेख छ ।
नेपालमा सन् २००६ मा नेपाल टेलिकमले थ्रिजी सेवा सञ्चालनको अनुमति लिएको हो । तर, उसले सन् २०११ बाट मात्रै थ्रिजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । एनसेलले सन् २०१० मा थ्रिजी सेवा सञ्चालनको अनुमति लिएको थियो ।