लागुऔषधसहित बर्दियाबाट चारजना पक्राउ

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

बर्दिया प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहाबाट उनीहरू पक्राउ परेका हुन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे ८ प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चार ग्राम सात सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

चेकजाँचका क्रममा बाँकेको खजुरा गाउँपालिका–४ बस्ने सिमोन विक र ललित भुजेल पक्राउ परेका थिए। सोधपुछ गर्दा उनीहरूले खजुरा गाउँपालिका–१ बस्ने भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका– ४ बस्ने राजेश विकका लागि लागुऔषध ओसारपसार गरेको पत्ता लागेपछि चारैजना पक्राउ परेका हुन्।

पक्राउ परेका चारैजनालाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहोराले बताए।

सुझावित समाचार