चुनावपछि अखिल क्रान्तिकारीको सम्मेलन गर्ने असन्तुष्ट समूहलाई प्रचण्डको आश्वासन

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठनको सम्मेलनको आश्वासन दिएका छन्। असन्तुष्ट समूहका पवन कार्कीलाई आफ्नो निवास खुमलटार बोलाएर प्रचण्डले निर्वाचनलगत्तै सम्मेलन गर्ने आश्वासन दिएका हुन्।

पार्टी अध्यक्षले अहिले पार्टी र गठबन्धनलाई जिताउने गरी चुनावी कार्यक्रम बनाएर अघि बढ्न निर्देशन दिएका असन्तुष्ट समूहका नेतृत्वकर्ता कार्कीले नयाँ पत्रिकासँग बताए। ‘चुनावी कार्यक्रमहरू बनाउनुस्, शीर्ष नेताहरू सहभागी हुन्छौँ भन्नुभएको छ,’ उनले भने, ‘संगठनको विवादको सन्दर्भमा चुनावपछि सम्मेलनमा जाने विषयमा थप छलफल गर्ने कुरा भएको छ।’

संगठनकी अध्यक्ष पञ्चा सिंह एकलौटी रूपमा अघि बढेको भन्दै कार्की समूहले गत असार १८ मा समानान्तर कमिटी घोषणा गरेको थियो। भदौ २१ मा रिभोल्युसनरी फोर्स गठन गरेका थिए।

सुझावित समाचार