नेपालको पर्यटन इतिहास

अर्थ इतिहास

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

नेपालमा पञ्चवर्षीय राष्ट्रिय विकास योजना पहिलोपटक सन् १९५५ मा बनेको थियो । त्यसको अवधि सन् १९५६ देखि १९६० सम्म रह्यो । उक्त पहिलो योजनाले नेपालमा पर्यटन विकासको राम्रो सम्भावना रहेको र त्यसका लागि पूर्वाधार विकासको आवश्यकतालाई औँल्याएको थियो ।

तत्कालीन सरकारको तर्फबाट पहिलोपटक राष्ट्रिय संस्थानका रूपमा सन् १९५७ मा ‘पर्यटन विकास बोर्ड’ स्थापना भएको थियो । त्यसैगरी, सन् १९५८ मा तत्कालीन शाही नेपाल वायु सेवा निगम (हाल नेपाल वायुसेवा निगम) स्थापना भयो भने सन् १९५९ मा ‘पर्यटन विभाग’ स्थापना भएको थियो । यसैगरी, सन् १९७८ मा नेपालकै पहिलो पर्यटन ऐन बन्यो ।

यसैगरी, सन् १९६९ सम्म आइपुग्दा पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख अंग मानी त्यसका लागि दीर्घकालीन योजना बन्नुपर्नेमा जोड दिन थालियो । फलस्वरूप सोही वर्ष ‘पर्यटन विकास समिति’ पनि गठन भयो । त्यसकै अग्रसरतामा सन् १९७२ मा पहिलोचोटि नेपालको राष्ट्रिय गुरुयोजना तयार भएको थियो ।
स्रोत : संस्कृति तथा पर्यटन मन्त्रालय

सुझावित समाचार