हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

चार दिनदेखि रक्तस्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालीकोटबाट हेलिकाेप्टर  हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका– ७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्यधिक रक्तस्रावबाट मृत्यु भएको हो ।

छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन् । उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालीकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घन्टा रोकिएको थियो । मौसममा  सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेत फर्किएको  जनाइएको छ  । 

सुझावित समाचार