टिकट खाेसिएका रावलको प्रतिक्रिया‍- उचित समयमा बोल्ने नै छु

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमाले उपाध्यक्ष भीम रावलले मुख खालेका छन्। उनले आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै समय आएपछि बोल्ने बताएका छन्। 

अछामबाट उम्मेदवारका लागि एकल सिफरिसमा परेका रावललाई पार्टी अध्यक्ष केपी ओलीले टिकट नदिएपछि जिल्लामा एमालेभित्र व्यापक असन्तुष्टि चुलिएको छ। 

आइतबार मनोनयन प्रक्रिया चलिरहेका बेला एमाले नेता तथा कार्यकर्ताले अध्यक्ष ओलीविरु नाराबाजी गरेका थिए।त्यसको अधिल्लो दिन रावलको उम्मेदवारी खोसिएपछि करिब ४० जना जिल्ला नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका थिए। 
  
उनले लेखेका छन्, 'मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको  रूपमा सर्वसम्मत एकल  पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।'

सुझावित समाचार