मोरङ, झापा र धनुषामा धेरै म्यादी खटाइने

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण
मोरङ, झापा र धनुषामा धेरै म्यादी खटाइने

फाइल तस्बिर

भोलि म्यादीको नतिजा, ९ कात्तिकदेखि परिचालनको तयारी

आगामी आमनिर्वाचनमा सबैभन्दा धेरै म्यादी प्रहरी मोरङ, झापा र धनुषा जिल्लामा परिचालन हुने भएको छ । मतदानस्थलको संख्या र सुरक्षा चुनौतीका आधारमा तीन जिल्लामा धेरै म्यादी खटाउने निर्णय गरिएको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै म्यादीको कोटा मोरङका लागि तोकिएको छ, जहाँ तीन हजार ६ सय १६ जना खटिनेछन् । दोस्रोमा झापामा तीन हजार चार सय ९० र तेस्रोमा धनुषामा तीन हजार चार सय ८४ म्यादी खटिनेछन् । सर्लाहीमा तीन हजार तीन सय सात, काठमाडौंमा तीन हजार दुई सय ८९ र सप्तरीमा तीन हजार दुई सय ७८ म्यादीको संख्या तोकिएको छ । 

प्रदेशअन्तर्गत सबैभन्दा धेरै म्यादी मधेसमा खटिनेछन् । मधेसका आठ जिल्लामा २३ हजार सात सय ७१ म्यादी परिचालन हुने भएका छन् । प्रदेश १ मा १९ हजार नौ सय ५५ म्यादीको कोटा तय भएको छ । 

निर्वाचनमा प्रहरीलाई सहयोग गर्न एक लाख १५ हजार म्यादी भर्ना गरिँदै छ । उनीहरूको मंगलबार नजिता प्रकाशन गरी २९ असोजदेखि तालिम सुरु हुँदै छ । ९ कात्तिकदेखि उनीहरूलाई फिल्डमा खटाइने प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए । 
 

See More On

सुझावित समाचार