इन्जिनियर जगदीश अवस्थीले कञ्चनपुर क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
मंसिर ४ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न अवस्थीले शुक्लाफाँटा नगरपालिकास्थित क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर आइतबार बिहान उम्मेदवारी दर्ता गराएका हुन्।
अवस्थीले हाम्रो नेपाली पार्टीले होल्ड गरेको लौरो चुनाव चिह्न लिएर चुनाव लड्नेछन्। उक्त पार्टीसँग अवस्थीले चुनाव चिह्न प्रयोग गर्न अनुमति लिइसकेका छन्।
कञ्चनपुर– २ मा स्वतन्त्र उम्मेदवार इन्जिनियर अवस्थीको प्रतिस्पर्धा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री एनपी साउद र एमालेका निवर्तमान सांसद नरबहादुर धामीसँग हुनेछ।