सर्वसम्मत सिफारिसमा परेका भीम रावलले पाएनन् टिकट

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका नेता भीम रावलले चुनावका लागि उम्मेदवारको टिकट नपाउने पक्का भएको छ। 

अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिसमा परेका रावललाई टिकट नदिएर एमाले अध्यक्ष केपी ओलीले झपट बोहरालाई टिकट दिएका छन्। 

अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो । अछाम– १ मा प्रतिनिधिसभामा झपट बोहराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैसी र देवबहादुर कुँवरले टिकट पाएका छन्। एमालेले टिकट वितरणको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ। 

सुझावित समाचार