घाँटीमा हड्डी अड्किएर लमजुङमा एकजनाको मृत्यु

मंगलबार, १८ असोज, २०७९
डिजिटल संस्करण

लमजुङमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एकजनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका- ९ तवैका ४५ वर्षीय शमशेरबहादुर परियारको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हो। 

अष्टमी (सोमबार) दिउसो राँगो काटेर ह्याकुलाको चौटा काँचै खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेँसीसहरस्थित लमजुङ जिल्ला अस्पताल ल्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। परियारको मंगलबार पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको छ।
 

See More On

सुझावित समाचार