लगातार तेस्रो दिन सेयर बजारमा हरियाली

बिहिबार, १३ असोज, २०७९
डिजिटल संस्करण

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबारदेखि लगातार उकालो लागेको बजार आज पनि बढेको हो। 

सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अंकले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ बिन्दुमा पुगेको छ।

यस दिन जीवन बिमाबाहेक सबै समूहको सेयर बढेको छ। त्यसमा पनि मा माइक्रोफाइनान्स र उत्पादन समूहको सेयर उच्च अंकले बढेको छ। 

आज कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ६३ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

आज अभियान लघुवित्तको सेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआइबिएल ब्यालेन्स फन्डको सेयर पाँच प्रतिशतभन्दा बढीले बढेको छ। 

सुझावित समाचार