हेयर स्टाइल गर्दा ध्यान दिनुपर्ने कुरा
कस्तो हेयर स्टाइल गर्दै हुनुहुन्छ भन्ने कुराले फरक पार्छ । सुरुमा कपाल नुहाएपछि हिट प्रोटेक्टरको प्रयोग गर्नुपर्छ । अनि आइरन प्रयोग गर्नुपर्छ । आइरनको प्रयोग गर्दा कपाल डढ्ने, जल्ने समस्या पनि हुन सक्छ । यसतर्फ ध्यान दिनुपर्छ । आइरन गरेको छ वा हेयर कलर गरेको छ भने हेयर सेटिङ स्प्रे प्रयोग गर्न सकिन्छ । हेयरलाई ट्रिट गर्दा ट्रिटमेन क्रिम लगाएर एकछिन राखेर धुँदा राम्रो हुन्छ । यस्तो गरे कपाल ड्यामेज हुने, कपालमा समस्या आउने कम हुन्छ ।
- कुर्ता लगाउँदै हुनुहुन्छ, अविवाहित हुनुहुन्छ भने कपाललाई स्टे«ट बनाएर आइरन गरेर छोड्न पनि सकिन्छ ।
- विवाहित महिला हुनुहुन्छ । साडी लगाउँदै हुनुहुन्छ भने आफ्नो कपाललाई सर्लक्क कोरेर, पछाडि लगेर लो फन्स बन गरेर बनाउनुभयो भने राम्रो देखिन्छ ।
- सिउँदो कताबाट फर्काउने भन्ने पनि ध्यान दिनुपर्छ । अगाडि कपाललाई बफ गर्दा पनि राम्रो देखिन्छ । मेकअप कस्तो गरिएको छ, कस्तो कपडा लगाउँदै हुनुहुन्छ, त्यसले पनि फरक पार्छ ।