‘ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्छ’

बुधबार, १२ असोज, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबराले नेपालीहरू सबै मिलेर ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका छन्। 

बुधबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले आगामी निर्वाचन देशको भविष्यको निर्वाचन भएकाले सबैले मिलेर जनमतबाट ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताए। 

उनले आगामी निर्वाचनबाट देशलाई विकासको अभियानमा जोड्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामी सबै मिलेर ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्नेछ। यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ । यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो।’

उनले देशलाई अब राप्रपाले अपार उन्नतिको बाटोमा लैजाने दाबी गरे। उनले राप्रपा अब मुलुकको नयाँ बिहानीका लागि अघि सर्ने स्पष्ट पारे। 

सुझावित समाचार