दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

सोमबार, १० असोज, २०७९
डिजिटल संस्करण

नवरात्रको पहिलो दिन आज हनुमानढोकास्थित दसैँघरमा विधिवत मन्त्रोच्चारणसहित जमरा राखिएको छ। घटस्थापनाको शुभसाइत १०ः२३ बजे जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो।

देशमा कुनै बिघ्नबाधा नआओस् भन्ने मान्यतासहित यहाँ राष्ट्रको तर्फबाट विधिअनुसार जमरा राख्ने गरिन्छ। जौ, गहुँ, धान र मकैलगायत टुसाउने अन्न जमराका लागि रोप्ने चलन छ।

तस्बिरहरू :

सुझावित समाचार