मिटरब्याजी अनिरुद्ध साह जेल चलान

बुधबार, ५ असोज, २०७९
डिजिटल संस्करण
मिटरब्याजी अनिरुद्ध साह जेल चलान

फाइल तस्बिर

नामुद मिटरब्याजी अनिरुद्ध साह जेल चलान भएका छन् । जिल्ला अदालत महोत्तरीका न्यायाधीश हेमबहादुर सेनको एकल आदेशले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । 

मंगलबार साहविरुद्ध जिल्ला अदालतमा सुनुवाइ भइरहँदा मिटरब्याजपीडितहरूले जलेश्वरमा प्रदर्शन गरेका थिए । उनीमाथि दर्जनौँ मानिससँग मिटरब्याजमा पैसा लगाई अवैध असुली गर्ने गरेको र धेरैलाई घरवारविहीन बनाएको आरोप छ । 

जिल्ला अदालत महोत्तरीका स्रेस्तेदार मदनप्रसाद जैसवालले अनिरुद्ध साहविरुद्ध पर्याप्त सबुत–प्रमाण देखिएकाले पुर्पक्षमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने भएकाले न्यायाधीशबाट सोहीबमोजिमको आदेश आएको बताए । 

सुझावित समाचार