रूसमा \'आशिंक सेना परिचालन\'को घोषणा

बुधबार, ५ असोज, २०७९
डिजिटल संस्करण
रूसमा \'आशिंक सेना परिचालन\'को घोषणा

सांकेतिक तस्बिर

रूसमा आंशिक रूपमा सेना परिचालन गरिने भएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका छन्।

युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ। 'मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिँदै आंशिक रूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर गरेको हुँ,' उनले भने। 

उनका अनुसार देशमा आंशिक रूपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशभरि आंशिक रूपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिए। रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ। रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरूले चर्को विरोध गर्दै आएका छन्। उनीहरूले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन्।

सुझावित समाचार