राष्ट्रपतिलाई निधिको सुझाव

मंगलबार, ४ असोज, २०७९
डिजिटल संस्करण

कांग्रेस नेता तथा पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।

विधेयक प्रमाणीकरण गर्ने अन्तिम दिन मंगलबार साँझसम्म पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि निधिले यस्तो आग्रह गरेका हुन्।
 
निधिले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संसद्ले दोहोर्याएर पारित गरी पठाएको नागरिकता विधेयक सम्मानीय राष्ट्रपतिज्यूलाई प्रमाणित गरी दिन हुन हार्दिक अनुरोध गर्दछु। देशको दीर्घकालीन सुरक्षा, हित, मानव एवं नागरिक अधिकारको सम्मानका साथै राष्ट्रपतिबाट यही नै संविधानसम्मत कार्य सम्पादन हुनेछ।’ 

संसद्बाट दोस्रोपटक पारित गरेर पठाइएको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ। तर, राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन्। 

संसदले दोहर्याएर पारित गरि पठाएको नागरिकता बिधेयक सम्माननीय राष्ट्रपतिज्युले प्रमाणित गरि दिनुहुन हार्दिक अनुरोध गर्दछु।
देशको दीर्घकालीन सुरक्षा, हित,मानव एवं नागरिक अधिकारको सम्मानका साथै राष्ट्रपतिबाट यहि नै संविधान सम्मत कार्य सम्पादन हुनेछ।

— Bimalendra Nidhi (@BimalendraNidhi) September 20, 2022

सुझावित समाचार