नेपालमा नयाँ मोर फिज पेप्सीको सुरुवात

आइतबार, २ असोज, २०७९
डिजिटल संस्करण

पेप्सीले नेपालका उपभोक्ताको मन लोभ्याउन मोर फिजयुक्त नयाँ पेप्सी सार्वजनिक गरेको छ । नयाँ मोर फिजको अनावरण काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पेप्सी सद्भावनादूत एवं नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियो ।

कार्यक्रममा पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले भने, ‘पेप्सी सधैँ नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको छ । बजार अध्ययनले देखाएअनुसार उपभोक्ताहरूले चिसो पेप्सी पिएसँगै ताजापनको एक–अर्को झट्काको चाह राख्ने गरेको पाइएको छ, र यो नयाँ परिमार्जन स्वादले त्यसलाई परिपूर्ति गरिदिनेछ ।’ त्यस्तै, सद्भावनादूत प्रदीप खड्काले भने, ‘नयाँ पेप्सीलाई मोर फिजका साथ नेपालभरका दर्शकमाझ उपलब्ध गराउन पाउनुले वास्तवमै आनन्दित तुल्याएको छ ।’ 

कार्यक्रममा भिबिएल इन्टरनेसनल अपरेसन्सका सिइओ गिरीश शिवरमणले भने, ‘पेप्सी देशका चर्चित ब्रान्डहरूमध्येको एक ब्रान्ड हो र हामीले हाम्रो उत्पादनको यात्रामा एक–अर्को माइलस्टोन कायम गर्न सफल भएका छौँ ।’  

See More On

सुझावित समाचार