काठमाडौं/ रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार राति ८ बजेसम्म कोषका विभिन्न खातामा मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ।
कोषअन्तर्गत नौवटा वाणिज्य बैंकमा रहेको मौज्दात रकम रु. १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर मौज्दात रहेको छ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि रु. १ अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।