बाँकेबाट ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

बाँके प्रहरीले पाँच पोका ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ। नेपालगन्जस्थित जमुनाह नाकामा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले खजुरा गाउँपालिका– ४ का २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

भारतको रुपइडिहाबाट पैदल आउँदै गरेका चौधरीमाथि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सो परिमाणमा ब्राउनसुगर फेला परेको उनले बताए । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार