बयानमा जबराको हस्ताक्षर जारी, रुजु गर्न अझै तीन घन्टा लाग्ने

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले महाभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गरिरहेका छन्। दिउँसो १२ बजेदेखि जारी हस्ताक्षर अझै सकिएको छैन।

बयानको एक सय ७४ पृष्ठमध्ये अहिलेसम्म ४५ पृष्ठ रुजु भएको समिति सदस्य लालबाबु पण्डितले जानकारी दिएका छन्। बयानको लिखितम् लामो भएकाले अध्ययन गर्न गाह्रो भएको भन्दै जबराले हस्ताक्षर नगरेपछि प्रत्येक पृष्ठ वाचन गरेर सुनाइँदै छ।

कानुन समितिमा कर्मचारीले बयान सुनाउँदै छन् भने जबराले रुजु गरी प्रत्येक पृष्ठमा हस्ताक्षर गर्दै छन्। यही गतिमा जबरालाई रुजु गरी हस्ताक्षर गर्न मात्र अझै तीन घन्टा लाग्ने देखिएको छ।

सुझावित समाचार