विद्यालय र आश्रमलाई सहयोग गर्दै कामना सेवाले मनायो बालदिवस

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न बालआश्रम तथा सामुदायिक विद्यालयलाई सहयोग गरेर बालदिवस मनाएको छ । बैंकले ‘स्प्रेडिङ स्माइल्स्’ भन्ने नारासहित ती संस्थाहरूलाई आवश्यक सामग्री प्रदान गरेको हो । 

बैंकले प्रदेश १ मा दमकको हाम्रो बालआश्रम, मधेस प्रदेशमा अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर, काठमाडौंको नन्दी माध्यमिक विद्यालय र पोखराको रेन्बो चिल्ड्रेन होम र जलजला बालआश्रमलाई सहयोग प्रदान गरेको जनाएको छ ।

त्यस्तै, बुटवल क्षेत्रमा मणिग्रामको श्री नमुना माध्यमिक विद्यालय, श्री सत्य साई विद्यापीठ, श्री राजेश्वरी आधारभूत विद्यालय, श्री तनहुँ माध्यमिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, श्री प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, श्री विन्ध्यवासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यमिक विद्यालयमा पनि सहयोग प्रदान गरेको जनाइएको छ ।

नारायणघाट क्षेत्रका सहारा घर र राइज अप अर्फान चिल्ड्रेन होम, पश्चिम क्षेत्रको श्री सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाइन्ड चिल्ड्रेन एजुकेसन सेन्टरमा आवश्यक खाद्य र पाठ्यसामग्री प्रदान गरी बालदिवस मनाएको बैंकले जनाएको छ । 

सुझावित समाचार