बुटिक नै किन जाने ?

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

फेसन टिप्स

बुटिकमा तयार गरिने कपडा र रेडिमेडमा फरक हुन्छ । जो मान्छेलाई फेसनेबल कपडा लगाउने रहर हुन्छ, उसलाई बुटिक राम्रो माध्यम हुन सक्छ, किनकि यहाँ फेसन डिजाइनर बसेको हुन्छ । उसले मानिसको हाइट, मोटाइ, शरीरिक डिजाइन सबै हेरेर उसैको रोजाइअनुसारको कपडा तयार गर्छ ।

केही बढी खर्च गरेर भए पनि राम्रो डिजाइनको लगाउनुपर्छ भन्नेहरू बुटिकमा आउने हुन् ।  प्रायः क्वालिटीमा कम्प्रमाइज नगर्ने र फेसनेबल देखिन चाहनेहरू बुटिक जान्छन् । 

बुटिकमा कपडा बनाउँदा धेरै खर्च हुन्छ भन्ने भ्रम पनि कतिपयमा छ । तर, त्यस्तो होइन । मिडियम रेन्जका कपडा पनि बुटिकमा बन्छन् । डिजाइन र त्यसमा लाग्ने 
मिहिनेत हेरेर फरक–फरक मूल्य पर्ने गरेको छ । ग्राहकको चाहना हेरेर मिडियम र हाई रेन्जका डिजाइन बन्छन् । 

कलर कम्बिनेसन मिलाएर लगाउँदा साधारण कपडामा पनि मानिसलाई स्टाइलिस देखिन्छ । महँगो लगाउँदैमा राम्रो देखिन्छ भन्ने होइन । ठिक्क रेन्जका डिजाइन पनि बुटिकमा पाइन्छन् । कलर कम्बिनेसन र फिनिसिङले ठिक्क रेन्जको कपडामा पनि मानिसलाई स्मार्ट देखाउँछ । 

See More On

सुझावित समाचार