नक्कली प्रमाण-पत्र पेस गरी जागिर खाने सब-इन्जिनियरविरुद्ध मुद्दा

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाण-पत्र पेस गरेर सरकारी जागिर खाएको अभियोगमा सब-इन्जिनियरविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । 
आयोगले सल्यानको दार्मा गाउँपालिकामा कार्यरत सब-इन्जिनियर विष्णु रोकायविरुद्ध मुद्दा दायर गरेको हो । 

१६ पुस ०७४ देखि ८ जेठ ०७६ सम्म करारमा नियुक्त भएका उनले नियुक्तिका लागि पेस गरेको ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’को शैक्षिक प्रमाण-पत्र झुटो भएको आयोगको ठहर छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 
 

सुझावित समाचार